यातायात व्यवसायीको सिन्डिकेट तोडेर चल्न थाल्यो मयूर, सर्वसाधारणलाई राहत

काठमाडौं,२९ असार । सरकारले स्वास्थ्य सेवा सम्वन्धि मापदण्ड लागु गरेर सार्वजनिक यातायात सुचारु गर्न भनेपनि सिन्डिकेटधारी व्यवसायीले नमानेको बेला मयूर यातायातले भने राजधानीमा सेवा शुरु गरेको छ ।

विगतमा सरकारले सवारी संचालन गर्न नदिएको गुनासो गर्ने व्यवसायीहरुले अनुमति दिएपछि भने सञ्चालन गर्न नसक्ने बताउदै आएका छन् ।

उनिहरुले लकडाउनको बेलाको बैंक ब्याज मिनाहको लागि दवाव दिन यातायात संचालन नगरेको बुझिएको छ । तर, मयूर यातायातले सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।

यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि मयूरले समितिको सिन्डिकेट तोड्दै गाडी चलाएको थियो ।

अहिले पनि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको हो ।

कम्पनीले काठमाडौं–धुलिखेल–पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ । साझा यातायातले पनि साउन १ गतेबाट बस सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here