सेयर बजार: १ अर्ब ८ करोडको कारोबार, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २९ असार । सेयर बजार उकालो लाग्ने क्रम जारी छ । साताको दोस्रो कारोबार दिन लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुमा नै आकर्षित भएका देखिन्छन्।

कारोबार भएका १२ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकी ८ समूहको परिसूचक उकालो लागेका छन् । आज सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको परिसूचक ५१.३६ अंकले बढेको छ भने जीवन बीमा समूह ५४.४५ अंकले घटेको छ ।

सेयर बजार मापक सूचक नेप्से २.१२ अंकले बढेर १३४२.४१ विन्दुमा पुगेको छ । आज १८४ कम्पनीको १ अर्ब ८ करोड ८७ लाख १६ हजार ११८ रुपैयाँ बराबरको कारोबार भएको छ । ३७ लाख ३३ हजार ५०५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको संस्थापक सेयर र नेपाल पुनर्बीमा कम्पनी अगाडि देखिएका छन्।

यस दिन दुबै कम्पनीहरुको १० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको साढे ९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

कारोबारमा आएका १२ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ।

यस दिन लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। भने होटल उपसमूहको परिसूचक १.१२ प्रतिशत घटेको छ।

आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल सेवा, गुँरास, सूर्योदय, एनआइसी एशिया लघुवित्त र सानिमा बैंकको डिबेन्चरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

आज ओरेन्टल होटलको सेयर मूल्य सबैभन्दा धेरै ६.१३ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here