कतिपय देशले कोरोना लडाइमा गलत बाटो रोजे, थप भयावह हुने जोखिम बढ्योः डब्लुएचओ

काठमाडौं, ३० असार । विश्व स्वाथ्य संगठन (डब्लुएचओ) ले सरकारहरु प्रभावकारी प्रयास गर्न सफल भएमा कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्दै जाने चेतावनी दिएको छ ।

डब्ल्यूएचओ प्रमुख डा टेड्रोस एडनोहम गेब्रियेससले विश्वका कतिपय देश कोरोनाविरुद्धको लडाइँमा गलत बाटो रोजिरहेकोले अवस्था झनै भयवाह हुन सक्ने चेतावनी दिएका हुन्।

‘कोरोना संक्रमणको मामिला झनै बढिरहेको छ’, उनले भने, ‘यसले यो स्पष्ट हुन्छ कि यसलाई नियन्त्रण गर्न जुन उपायहरुका विषयमा चर्चा हुने गरेको ती राम्ररी पालना भएका छैनन्।’

विश्वव्यापी महामारीको हालको इपिसेन्टर उत्तर तथा दक्षिण अमेरिका रहेको छ।

विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अति तीव्र गतिमा संक्रमण बढिरहेको छ ।

स्वास्थ्य विज्ञ र राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको तनाव बढ्दै जाँदा संक्रमण पनि त्यहाँ बढ्दै गएको छ । ट्रम्पले कोरोना भाइरसका केसहरु खडा गरिएको आरोप लगाउन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here