हिमालय एयरलाइन्सको उद्धार उडान तालिका सार्वजनिक

काठमाडौं, ३० असार । हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने नयाँ तालिका तालिका सार्वजनिक गरेको छ ।

कोरोनाभाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको जुलाई १५ देखि २१ सम्म हुन लागेको उडान समय तालिका सार्वजनिक गरेको हो ।

जुलाई १५ देखि २१ सम्म युएइ, साउदी अरब, बहराइन, कतार र मलेसियाबाट नेपालीहरु ल्याउन लागिएको एयरलाइन्सले जनाएको छ ।

उडान हुनका लागि ८० प्रतिशत सिट भरिएको हुनपर्ने उसले जनाएको छ । यात्रुले पिसिआर अथवा आरडीटी परीक्षणमा नेगेटिभ आएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here