नेप्से परिसूचक १४.९० अंकले बढ्यो, एक अर्ब १६ करोड बढि कारोबार

काठमाडौं, ३१ असार । सेयर बजार उकालो लाग्ने क्रम जारी छ । मंगलबारको तुलनामा बुधबारको नेप्से परिसूचक १४.९० अंकले बढेर एक हजार ३ सय ६३ अंकमा पुगेको छ ।

जुन १.११ प्रतिशतले बढी हो । नेप्सेका अनुसार बुधबार १ सय ८९ कम्पनीका ३२ लाख १२ हजार ९ सय २४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १६ करोड ४ लाख ९१ हजार ५ सय २२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटल, उत्पादनमूलक, लघुवित्त र जीवन बीमा समूह घटे पनि बैंकिङ, ट्रेडिङ, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा अन्य र म्युचुअल फण्ड समूहमा हरियाली छाएको छ ।

जसमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन १० करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ५३ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७३ लाख र एनएमबी बैंकको ८ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यी दुईको सेयर मूल्य क्रमशः प्रतिकित्ता ५ सय ४ र ३ सय ९७ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here