नेपाल टेलिकमले ल्यायो आकर्षण ‘समर अफर’, के-के छन् सुविधा ?

काठमाडौं,३१ असार । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको समर अफर ल्याएको छ ।

साउन १ गते देखि लागूहुने गरी उक्त योजना सार्वजनिक गरेको हो । उक्त सेवा ९० दिनसम्म उपलब्ध हुनेछ ।

पहिले देखि नै उपलब्ध केही प्याक यथावत राखिएको छ भने केही प्याकलाई परिमार्जन गरी थप ग्राहकमैत्री बनाइएको छ ।

कम्पनीले युट्युब स्ट्रिमिङ डाटा प्याक अन्तर्गत रु. २५ मा एक दिनका लागि १ जीबी डाटा उपलब्ध गराएको छ । सोसल मिडिया प्याक अन्तर्गत रु. १५ मा एक दिनका लागि २०० एमबी डाटा उपलब्ध हुनेछ ।

सोसल मिडिया प्याकमार्फत फेसबुक, ट्विटर, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ । रातिको समयमा प्रदान गरिएको भ्वाइस प्याक यसअघि राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र उपलब्ध भएकोमा अब एक घण्टा बढाएर बिहान ७ बजेसम्म उपलब्ध गराइने विज्ञप्तिमा जनाइएको छ ।

नाइट टाइम भ्वाइस प्याक अन्तर्गत रु. १० मा उपलब्ध ६० मिनेटको भ्वाइस प्याक यथावत उपलब्ध छ भने रु. १५ मा ३ रातका लागि २०० मिनेट र रु. ३० मा ७ रातका लागि ३५० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ ।

यी प्याक राती १० बजे देखि बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने छ ।

-अल टाइम डाटा प्याक अन्तर्गत ३ दिन, ७ दिन र २८ दिनका लागि लिन सकिने प्याकमा केही परिमार्जन गरिएको छ । यसमा रु. ६० मा ३ दिनका लागि ४०० एमबी, रु. १०० मा ७ दिनका लागि ८०० एमबी, रु. २८० मा २८ दिनका लागि २.५ जीबी, रु. ५०० मा २८ दिनका लागि ७ जीबी र रु ८०० मा २८ दिनकै लागि १६ जीबी डाटा उपलब्ध हुनेछ ।

-डाटा प्याक अन्तर्गत अब रु. १० मा ८० एमबी र रु. १८ मा २५० एमबी डाटा प्याक प्राप्त गर्न सकिने छ । विहान ६ देखि साँझ ६ बजे सम्म प्रयोग गर्न सकिने सो प्याकको समयावधि २४ घण्टा हुनेछ ।

-वान नाइट अनलिमिटेड डाटा अन्तर्गत राती ११ देखि विहान ६ बजे सम्म चलाउन सकिने प्याकेज रु. २० मा उपलब्ध हुनेछ ।

-डे भ्वाइस प्याक अन्तर्गत रु. १२ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२० मिनेट कल गर्न सकिने अर्को प्याक पनि उपलब्ध हुनेछ । यो अफरमा प्रदान गरिएको १२० मिनेट एकैदिन प्रयोग भएन भने भोलिपल्ट २४ घण्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिने छ ।

-रु. १५ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म लागु हुने अनलिमिटेड कल अफरलाई निरन्तरता दिइएको छ ।

-लार्ज डाटा प्याक अन्तर्गत अब रु. १,६०० मा ६० दिनका लागि ३० जीबी प्याक र रु. ३००० मा १२० दिनका लागि ६० जीबी प्याक उपलब्ध हुनेछ ।

-फोरजी-एलटीई अफर अन्तर्गत रु. १५ मा १ दिनका लागि जम्मा १०० एमबी डाटा उपलब्ध हुनेछ । यसबाट ५० एमबी सबै नेटवर्कमा प्रयोग गर्न सकिने छ र थप बोनसको रुपमा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने ५० एमबी डाटा उपलब्ध हुनेछ ।

साथै पहिले देखि नै स्प्रिङ अफरका रुपमा उपलब्ध अन्य प्याकहरु यथावत रहेका छन् । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नु पर्नेछ ।

कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । पहिलोपटक कम्पनीको एप प्रयोग गर्दा १०० एमबी डाटा फ्रि उपलब्ध हुनेछ ।

त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने विज्ञप्तिमा जनाइएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here