सिन्धुपाल्चोकमा फेरि पहिरो: एकै परिवारका ५ बेपत्ता

काठमाडौं, १ साउन । सिन्धुपाल्चोकमा गएराति अविरल वर्षासँगै गएको पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन्।

सिन्धुपाल्चोको भोटेकोसी गाउँपालिका वडा नम्बर ४, फुल्पिङकट्टीमा बुधबार राति पहिरोले घर पुर्दा एकै परिवारका ५ जना बेपत्ता भएका हुन् । स्थानियको अनुसार ग्यान्जेन शेर्पाको घर पहिरोले बगाएको हो।

तर उनी काठमाडौं बस्ने भएकाले बचेको र उनीबाहेक उनका आमा, श्रीमतीदेखि घरका सबै ५ सदस्य बेपत्ता भएको जनाइएको छ ।

एक साताअघि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा गएको बाढीपहिरोमा परेर बेपत्ता भएका २० जना अझै भेटिएका छैनन्।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here