शोधनान्तर बचत हालसम्मकै उच्च, जेठसम्म पौने २ खर्ब

काठमाडौं १, साउन । गत जेठमा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ९३ करोड रुपैयाँले घाटामा थियो ।

सरकारले लकडाउन सुरु गरेको महिना देखि शोधनान्तर बढ्न थालेको हो । जेठसम्ममा अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ५० करोडले बचतमा छ । अघिल्लो वर्षको एघार महिनासम्म यो ८० करोड ३१ लाख डलरले घाटामा थियो ।

गत वैशाखमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा थियो । गत वर्षको जेठको तुलनामा चालू आवको सोही अवधिमा आयात घटेको, रेमिट्यान्स आप्रवाह बढेको, सरकारको बाह्रय ऋण बढेको लगायत कारण शोधनान्तरमा राम्रो सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here