शिव शर्माको अध्यक्षमा फुकुओका नेपाल सोसाईटीको नयाँ कार्य समिति चयन

फुकुओका । फुकुओका नेपाल सोसाईटीको २५ औं अधिवेशनले शिव शर्माको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ ।

सोसाइटीको वरिष्ठ उपाध्यक्षमा माधव सिग्देल, उपाध्यक्षहरुमा सुजन केसी, मुक्तिनाथ ढकाल र महिला उपाध्यक्षमा ललिता तामाङ, प्रवक्तामा दिलेन्द्र जोशी, सचिवमा सन्जिव रेग्मी, सह-सचिवमा इन्द्रप्रसाद घले, कोषाध्यक्षमा अशोक सेढाइm सहकोषाध्यक्षमा प्रेम दाहाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा रवि बस्नेत र दिपक विक चयन भएका छन् । सहमतिको आधारमा सम्पन्न अधिवेशनको निर्वाचन कमिटिमा फुकुओका नेपाल सोसाइटीका पूर्व अध्यक्ष छत्र दाहालको नेतृत्वमा एनआरएनए जापानका उपाध्यक्ष एवम् फुकुओका नेपाल सोसाइटीका पुर्व अध्यक्षहरु लक्ष्मण बानियाँ, रामकृष्ण श्रेष्ठ, पुरुषोत्तम सिग्देल र नवीन अधिकारी रहेका थिए ।

गत सोमबार फुकुओका शहरको हाकाता स्टेसन नजिक एक हलमा सम्पन्न अधिवेशनको सभापति सभापति योगेश कार्की र कार्यक्रम सञ्चालन मुक्तिनाथ ढकालले गरेका थिए ।

सर्वसम्मत अध्यक्षमा निर्वाचित शिव शर्माले स्थानीय सबै संघसंस्थाहरुसँग हातेमालो गर्दै कोभिड-१९ ले पारेको प्रभाव न्युनीकरण गर्ने खालको कार्यक्रम ल्याउने बताए ।

फुकुओकाको सबै भन्दा पुरानो संस्था भएकाले सबै संग सहकार्य गर्नु नै पहिलो दयित्व रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here