मनकामना केबुलकारले गरायो सरकारलाई ध्यानाकर्षण

काठमाडौं, ३ साउन । उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसायिक क्षेत्रहरु खुल्ला गर्न मनकामना दर्शन प्रालिले माग गरेको छ ।

कोरोनाभाइरसले पारेको प्रभाव आत्मसाथ गर्दै मनकामना मन्दिर दर्शनका लागि संचालित देश कै पहिलो केबलकार मनकामना केबुलकारले आगामी दिनमा सुरक्षा व्यवस्था अपनाएर यस्ता सेवाहरु सञ्चालन गर्न दिन सरकारसँग माग गरेको हो ।

केबुलकारले व्यवसायिक क्षेत्र खुलाउन सरकारसंग आग्रह गर्दै लामो दुरीका यातायातलाई समेत सञ्चालन गर्दै, पर्यटन, धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुल्ला गराउन जोड दिएको हो ।

कोरोनाले निम्त्याएको संकट सामना गर्न नागरिकहरु समेत सजग र सचेत भईसकेकाले सुरक्षामा कुनै पनि कसर बाँकी नराखी अबिलम्ब पर्यटन व्यवसायिक क्षेत्र साथै धार्मिक क्षेत्र समेत खुलाउन तर्फ सरकारले चासो दिनुपर्ने कम्पनीको भनाइ छ ।

लामो समय देखि यि प्रतिष्ठानहरु बन्द हुँदा समग्र देशको आर्थिक क्षेत्र नै धरासायी हुन पुगेकाले अर्थतन्त्र चलायमान बनाउन पनि सतर्कतापुर्वक यस्ता क्षेत्र संचालन गर्नुको विकल्प नभएको कम्पनीले एक विज्ञप्तिमार्फत बताएको हो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here