एनसीएचएलद्धारा भुक्तानी कारोबार शुल्कमा परिवर्तन,लकडाउनमा ५ करोडको सेवा निशुल्क

काठमाडौं, ५ साउन । नेपाल क्लियरिङ हाउसले पूर्ण लकडाउनपछि चैत ११ देखि असार ३१ सम्म कायम विद्युतीय कारोबार निःशुल्क हुने व्यवस्था हटाएको छ ।

एनसिएचएलले आफ्ना सबै भुक्तानी प्रणालीहरुमा साउन १ गतेदेखि कारोबार शुल्क लाग्ने प्रष्ट्याउँदै त्यस्तो शुल्क उल्लेख्य रुपमा घटाइएको हो ।

एनसीएचएलले एक विज्ञप्ति जारी गर्दै एनसिएचएल इसीसी, एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस प्रणालीको कारोबारमा लाग्ने शुल्क घटाइएको बताएको हो ।

एनसीएचएलले श्रावण १, २०७७ देखि लागू गरेको भुक्तानी शुल्क एनसीएचएल इसीसीमा ०-१५, एनसीएचएल आइपीएसमा २-१० र कनेक्ट आइपीएसमा २-१५ कायम हुने गरी परिवर्तन गरेको छ ।

त्यसै गरी कनेक्ट आइपीएसमा सदस्य बैंक तथा वित्तीय संस्था एवम् भुक्तानी सेवाप्रदायकले जोड्दै आएका क्रेडिटरहरुलाई लाग्ने शुल्कमा पनि परिवर्तन ल्याई ० दशमलव ७५ प्रतिशत (न्यूनतम रु. २ र अधिकतम रु. १००) बनाइएको छ । यद्यपि एनसीएचएलको एक्सप्रेस र हाई भ्याल्यु क्लियरिङ्गको शुल्क भने यथावत राखिएको छ ।

एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग (एनसीएचएल इसीसी), अन्तरबैंक विद्युतीय भुक्तानी (एनसीएचएल आइपीएस), कनेक्ट आइपीएस इपेमेन्ट, कनेक्ट आरटीजिएस र नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरेर डिजिटल पेमेन्ट इकोसिस्टममा योगदान पुर्याउँदै आएको छ ।

एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग, अन्तर्बैंक विद्युतीय भुक्तानी, कनेक्ट आइपीएस ई पेमेन्ट, कनेक्ट आरटिजीएस र राष्ट्रिय भुक्तानी प्रणाली लगायतकाभुक्तानी प्राणालीहरु सञ्चालन गरेर डिजिटल पेमेन्ट इकोसिस्टममा योगदान पुर्याउँदै आएको छ ।

३१ असार २०७७ सम्म लकडाउनको अन्तरालमा एनसीएचएलद्वारा जम्मा ५४ लाख २० हजार कारोबार गरिएको र सो बापत लाग्ने ५.२० करोड शुल्क नलिएको एनसीएचएलले जनाएको छ। परिवर्तन गरिएको कारोबार शुल्क एनसीएचएलको प्रत्यक्ष तथा अप्रत्यक्ष सदस्यहरु सबैलाई लागु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here