जनता क्यापिटलको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त

काठमाडौं, १७ वैशाख । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।

जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य बैकको प्रतिनिधित्व गर्दै जनता क्यापिटल लिमिटेडको अध्यक्ष नियुक्त भएका हुन् ।

शाक्यको विभिन्न बैक तथा वित्तीय संस्थामा दुई दशक भन्दा बढी लामो अनुभव रहेको छ ।

जनता बैंक नेपालको पूर्ण स्वामित्वमा स्थापित जनता क्यापिटल लिमिटेड नेपाल धितोपत्रबोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवालगायतका मर्चेन्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्ने संस्था हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here