कोरोना संक्रमितको संख्या १ करोड ५३ लाख नाघ्यो, एकैदिन पुष्टि भएका अहिलेसम्मकै धेरै

फाइलफोटो

काठमाडौं, ८ साउन । विश्वभर पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार आठ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो संख्या एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। उक्त संख्या थपिएसँगै संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ६३ हजार ८४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर यसको संक्रमणबाट सात हजार एक सय १३ जनाले ज्यान गुमाएका छन्। योसँगै विश्वर कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ लाख २९ हजार दुई सय ९६ पुगेको छ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १४७ जनाको मृत्यु भएको छ । २७ लाख १७ हजार ४९० जना संक्रमित भएकोमा १६ लाख २२ हजार ८८६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १ हजार ४१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४७ लाख ९७ हजार ९३८ पुगेको छ । त्यसमध्ये २३ लाख ७५ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८४ हजार ४६८ जनाको मृत्यु भएको छ । ३५ लाख ९८ हजार ६०८ जना संक्रमित भएकोमा २५ लाख ६८ हजार २८० जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here