ग्लोबल आइएमई बैंकले ल्यायो सस्तो व्याजदरमा कर्जा योजना, सेयर किन्नेलाई ९.४९ प्रतिशतमा ऋण

काठमाडौं, ८ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ ।

सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुक ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।

ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउँनेछन् र यो कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहनेछ।

यसैगरी बैंकले ८.९९ प्रतिशतमा गाडी कर्जा र ९.४९ प्रतिशतमा सेयरको धितोमा कर्जा दिने भएको छ।यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिटरक्रेडिट कार्ड जारी शुल्कमा र लकर सुविधामा ५०/५० प्रतिशत छुट दिने बताएको छ।

बैंकका अनुसार कोरोनाले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जा दिन दिन लागिएको हो।

कर्जा लिन चाहने ग्राहकले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिनभित्र बिना झन्झट कर्जा प्राप्त गर्न सक्नेछन्। सम्पूर्ण शाखाहरुबाट यो सुविधा पाइने बैंकले जनाएको छ ।

ग्राहकले नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here