स्वास्थ्य मन्त्रीले लिए विज्ञको सुझाव, डब्ल्युएचओ भन्छ सरकारको काम सराहनीय

काठमाडौँ, ९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललले विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताएका छन् ।

शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गर्दै उनले भारतबाट स्वदेश फर्किने नागरिकहरूको सीमा नाकामै स्वाब संकलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँच दिनपछि स्वाब संकलन गरेर कोरोना परीक्षणको काम भैरहेको जानकारी दिए ।

सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका सबैजसो कमद विज्ञहरूको सल्लाह र सुझावमै भैरहेको र सरकारको काममा सबैले होस्टेमा हैँसे गर्नुपर्ने पनि उनले बताए ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का नेपाल प्रतिनिधि डा. जोस भ्यान्डेलरले नेपालमा कोरोना समूदायमा नफलिएको भन्दै खासठाउँमा देखिएको संक्रमणलाइ समूदायको भन्न नमिल्ने बताए ।

अहिलेसम्म सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयास ज्यादैनै सराहनीय रहेकोभन्दै उनले विकसित देशको भन्दा राम्रोसँग कोरोनाको निन्यत्रण गर्न नेपाल सफल रहेको भन्दै जोखिम बढ्न नदिन अझै सतर्कता अपनाउनुपर्ने धारणा उनले राखे ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा संक्रमण हुनबाट जोगाउनुपर्ने धारणा राखेका थिए ।

त्यसैगरी जनस्वास्थ्यविद् डा. सुजन मरहठ्ठाले कोरोना अझै फैलिने सम्भवना रहेको भन्दै यससँग सम्बन्धित थप अध्ययन र अनुसन्धानमा जोड दिए ।

नेपाल मेडिकल एसोसियनका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्यकर्मीहरुलाई अहिले महामारीबाट जोगाउनका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको औंल्याए ।

भाइरोलोजिष्ट डा. समिरमणि दिक्षितले कोरोना भाइरसको डर कम गर्न नमुनाहरूको परीक्षण बढाउनुपर्ने र जिन सिक्वेन्सिङ गरेर वास्तविक अवस्था पत्ता लगाउन केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले नेपाल स्वास्थ्य अनुसन्धान परिषदका लागि पर्याप्त नमुनाहरू दिएर सहयोग गर्नुपर्ने बताए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here