विदेशमै अडकिए ९४ शव, ज्यान गुमाउने नेपालीको संख्या २०६ पुग्यो

स्रोतः एनआरएनए

काठमाडौं, ११ साउन । कोरोनाभाइरसको महामारीले ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ पुगेको छ ।

नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ ।

संक्रमणका कारण विदेशमा समेत यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता वेलायतमा १ जनाको निधन भएको हो ।

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार सनिवार साँझसम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमित मध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोनाभाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यस्तै संयुक्त अरब अधिराज्य, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको एनआरएनएले बताएको छ ।

यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सुझाएको छ ।

३४ हजार ८ सय ३० नेपालीको उद्धार

यो सातासम्म ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार गरिएको छ । विभिन्न २५ वटा मुलुकमा कोरोनाभाइरसको संक्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो ।

यद्यपि साउन ८ गते बिहीबारबाट सरकारले तत्कालका लागि उद्धार उडान स्थगित गरेको छ । आगामी भदौ १ गतेबाट पुनः नियमित उडान हुनेछ ।

विदेशबाट ९४ वटा शव ल्याउन बाँकी

विदेशबाट अझै ९४ वटा शव नेपाल ल्याउन बाँकी छ ।

मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो सातासम्म २ सय १६ वटा शव नेपाल पुर्याई परिवारलाई बुझाइएको छ ।

विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ७४ जनामध्ये १ सय ६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ ।

यस सम्बन्धी थपः

शनिबार ४ हजार ७५ परीक्षणमा १ सय ९ जनालाई देखियो कोरोना

स्वास्थ्य मन्त्रीले लिए विज्ञको सुझाव, डब्ल्युएचओ भन्छ सरकारको काम सराहनीय

भारतमा कोरोनाको नयाँ रेकर्ड, थपिए हालसम्मकै सबैभन्दा धेरै संक्रमित

भदौ १ देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी

असोजभित्रै कक्षा १२ को परीक्षा गर्ने बोर्डको तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here