काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण

काठमाडौं, ११ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन जना र स्टार अस्पताल ललितपुरमा तीन जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको हो ।

योसँगै उपत्यकामा कोरोना संक्रमण पुष्टि भएको स‌ंख्या ४ सय १५ पुगेको छ जसमा काठमाडौंको २ सय ८५, ललितपुरको ८२ र भक्तपुरको ४९ जना रहको छन् । कोरोनाको कारण हालसम्म काठमाडौंमा ३ जना र ललितपुरका १ जनाको मृत्‍यु पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here