के तपाईंलाई ‘सोसलफोबिया’ त छैन ? थाहा पाउनुस् यसका संकेत

के तपाई मानिसहरुको भिडबाट टाढा बस्न चाहानु हुन्छ ? वा भित्रभित्रै तनाव र सन्त्रांसको शिकार बन्दै जानुभएको छ ?

समाज वा मानिसहरुको भिडबाट टाढा बस्न चाहने समस्यालाई नै ‘सोसलफोबिया’ भनिन्छ । आजभोली यस्तो समस्या हुने मानिसको संख्या धेरै बढीरहेको छ ।

‘सोसलफोबिया’ यस्तो प्रकारको समस्या हो जसको बारेमा हामीले सामान्य रुपमा पत्ता पनि लगाउन सक्दैनौं । अरु मानिसहरुबाट टाढा भाग्ने, उनीहरुसँग कुरा गर्न डराउने, उनीहरुसँग कुरा गर्न लाज मान्ने गरेको कारणले यस्तो समस्या भएका मानिसहरुको आत्मसम्मानमा समेत धेरै प्रभाव पर्ने गर्दछ ।

यस्तो समयमा मानिस आफू नै आफ्नो आलोचक बन्ने र भित्रभित्रै पिडा र सन्त्रांसपुर्ण विताउन बाध्य हुन्छ । मानिस र समाजबाट डराउने यस्तो प्रकारको समस्यालाई नै ‘सोसलफोबिया’ भनिन्छ ।

कसरी हुन्छ ‘सोसलफोबिया’ ?

‘सोसलफोबिया’ एक प्रकारको ‘सोसल एंग्जायटी डिसअर्डर’ हो जुन दुई प्रकारको हुन्छ । पहिलो प्रकारमा पिडितलाई एक बिशेष परिस्थितिमा मात्रै समस्याहरुको सामना गर्नुपर्दछ । त्यस्ता मानिसहरु मानिसको भिडमा वा स्टेजमा बोल्न सक्दैनन् ।

दोस्रो प्रकारका मानिसहरु कुनैपनि व्यक्तिहरुसँग कुरा गर्न सक्दैनन् । त्यस्ता व्यक्तिहरुले अन्य मानिसहरुसँग कुरा गर्न लाग्दा उनीहरुमा एक प्रकारको समस्या देखिन्छ वा आत्तिने गर्छन् ।

‘सोसलफोबिया’का संकेत:

१.आत्म सम्मान कम हुनु

‘सोसलफोबिया’को कारण तपाईंको आत्मसम्मान कम हुने गर्दछ । त्यसकारण तपाईं मानिसहरुको अगाडि खुलेर कुरा गर्न सक्नुहुन्न । यदि तपाईंलाई आफुले गरेका हरेक कुराहरुमा आफ्नो बेईज्जत हुन्छ जस्तो लाग्छ भने सम्झनुस तपाईलाई ‘सोसलफोबिया’ भएको छ ।

२. मानिसहरुको भिडबाट टाढा भाग्ने

यदि तपाईं मानिस र मानिसहरुको भिडबाट टाढा भाग्न खोज्नुहुन्छ वा उनीहरुबाट टाढा भाग्नुहुन्छ भने पनि तपाईं सोशल फोबियाको शिकार हुनुभएको छ । यस्तो परिस्थितिमा तपाईंलाई उनीहरुबाट डर लाग्ने गर्दछ ।

३. पसिना आउनु

जो मानिसलाई ‘सोसलफोबिया’ भएको छ उनीहरुलाई अन्य मानिससँग बोल्दा पसिना आउने शरीर काम्ने जस्ता समस्याहरु हुने गर्दछ । यदि मानिसहरुको भिडमा कुरा गर्दा तपाईंलाई पसिना आउने र शरीर काम्ने गरेको छ भने सम्झनुस् तपाईंलाई ‘सोसलफोबिया’ भएको छ ।

(एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here