मलेसियाबाट साउन १८ देखि २४ गतेसम्म ११ चार्टर्ड उडान हुने (तालिका सहित)

काठमाडौं, १३ साउन । कोरोनाको कारण मलेसियामा समस्यामा परेका नेपालीहरूको उद्धारका लागि थप ११ उडान हुने भएको छ ।

मलेसियास्थित नेपाली दूतावासले सार्वजनिक गरेको तालिका अनुसार साउन १८ (अगस्त २ देखि ८ ) देखि साउन २४ गतेसम्म उक्त उडान हुन लागेको हो ।

त्यस मध्ये मलिन्दो एयरलाइन्स ६ उडान गर्नेछ भने भाडादर भाडादर ४२ हजार ०४२ रुपैयाँ रहेको छ । हिमालयन एयरलाइन्सले ४ उडान गर्नेछ जसको भाडादर ४५ हजार १०० रुपैयाँ रहेको छ ।

नेपाल एयरलाइन्सले एक मात्र उडान गर्नेछ । हालसम्म मलेसियाबाट ५ हजार ३३३ नेपाली स्वदेश फर्किइसकेका छन् । यस्तै यही अवधिमा मलेसियाबाट ७२ जनाको शव नेपाल ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here