कोरोनाबाट जगदम्बा इन्टरप्राइजेजका सिइओसहित थप तीन जनाको मृत्यु

प्रतिकात्मक तस्बिर

काठमाडौं, १६ साउन । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेजका सिइओ र दुई जना वीरगन्ज निवासी पुरुष रहेको नारायणी अस्थायी अस्पताल स्रोतले जनाएको छ ।

जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् । उनी मुटुरोगी थिए । त्यस्तै वीरगन्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुष पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

दुबैको मृत्यु पिसिआर परीक्षणको रिपोर्ट आउनु अघि नै भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here