प्रविधिको दुरुपयोग मुन्तलामा ऐंजेरु जस्तै : प्रम ओली

काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई उत्पादन र विकाससँग जोड्न आग्रह गरेका छन् ।

बिहीवार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गर्दै उनले प्रविधिलाई उत्पादन र विकाससँग जोड्न सके मात्र प्रयोगकर्ता र मुलुकले त्यसबाट लाभ लिन सक्ने बताएका हुन् ।

प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिनसक्छ तर त्यसको सदुपयोग गर्न नसक्नेहरु पछाडि पर्छन, उनले भने ।

प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘सामाजिक सञ्जाल र सूचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐंजेरु र धानमा साँवा पलाए जस्तै हो ।त्यसकारण यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रविधिको प्रयोगमार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सहयोग पुग्ने ओलीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here