नबिल बैंक दोस्रो पटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

काठमाडौं, १८ साउन । बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको छ।

समकालीन बैंकहरुमध्ये बदलिँदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ।

नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ट ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको हो।

सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारका रुपमा मानिन्छ। ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रियस्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ।

सन् १९८४ देखि ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन्।

नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here