ओली-दाहालबीचको छलफल निष्कर्षविहीन, आ-आफ्नो अडान यथावत

काठमाडौं, १९ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको वार्ता निष्कर्षविहीन सकिएको छ ।

आइतबारबाट सुरु भएको दुई नेताबीचको सोमबारको पनि निष्कर्षमा पुग्न सकेन् ।

जनै पूर्णिमाको शुभकामना आदानप्रदान गरेर सुरु भएको आजको बैठक विषयवस्तुमा प्रवेश गरे पनि कुनै सहमतिमा पुग्न भने सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान करिब ९ बजेबाट सुरु भएको वार्तामा ओली, दाहालका साथै वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ सहभागी थिए ।

दाहालको तर्फबाट वरिष्ठ नेता खनाल र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएका हुन् ।

वार्तामा अध्यक्ष प्रचण्डले स्थगित भएको स्थायी समिति बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए ।

तर, ओलीले पहिला सचिवालयमा सहमति गरेर मात्रै स्थायी समिति बैठक बोलाउनुपर्ने अडान दोहोर्‍याएका थिए ।

बैठक बोलाउने र नबोलाउने दुवै पक्षले अडान नछाडेपछि पुनः भोलि छलफल गर्नेगरी नेताहरु उठेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here