मनसुन सक्रिय भएयता बाढी, पहिरो र चट्याङले १९३ जनाको मृत्यु, ५७ जना अझै भेटिएनन्

काठमाडौं, १९ साउन । मनसुन सक्रिय भएयता बाढी पहिरोमा परेर (जेठ ३० गतेदेखि साउन १७ गतेसम्म) अहिलेसम्म एक सय ९३ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा १० जनाको शव पहिरोबाट निकालिएसँगै उक्त संख्या एक सय ९३ पुगेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरोमा ५७ जना हराईरहेका छन् ।

पहिरोबाट सवैभन्दा धेरै १७३ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक, म्याग्दी, संखुवासभा लगायत जिल्लामा बढी मानिसको पहिरोमा परी ज्यान गएको छ।

विभिन्न स्थानमा पहिरोमा परी ४५ जना बेपत्ता छन्। उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायत खोजी कार्य गरिरहेका छन् ।

पहिरोमै परी १४० जना घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

मनसुन शुरु भएपछि बाढिबाट ३ जनाको मृत्यु, १२ जना बेपत्ता र १ जना घाइते भएका छन् । त्यस्तै चट्याङबाट १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

मेलम्चीको पहिरोमा ज्यान गुमाएका ८ जनाकै शव फेला (अपडेट)