सशस्त्र प्रहरीद्धारा दोधारा चाँदनीको सीमा क्षेत्रबाट अवैध कुखुरा र माछा बरामद

पप्पु गुरुङ्ग

दोधारा,२१ साउन । माहाकाली नगरपालिका क्षेत्रमा सशस्त्र प्रहरीले भारतबाट लुकीछिपी ल्याएका अवैध समान माथी थप कडाई गरेको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमाहुँदै आएको तस्करीलाई पूर्ण रुपमा रोक लगाउन थालेको छ् । सशस्त्र प्रहरीको भन्सार छलेर ल्याएका र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको निम्ती माहाकाली नगर क्षेत्रको नेपाल–भारत सीमा क्षेत्र थप कसिलो बनाउन थालेको छ ।

सशस्त्र प्रहरीले हिजो मात्रै माहाकाली नगरपालिका वडा नं. १० कुतियाकवर क्षेत्रको नेपाल–भारत सीमा क्षेत्रमा भारतबाट अबैधरुपमा ल्याउदै गरेको झण्डै एक लाख बराबरको हरियो तरकारी, माछा र कुखुरा बरामद गरेको हो ।

माहाकाली नगरपालिका वडा नं. ३ स्थित रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले सड्ने अवस्थामा रहेको पंकज माछा र मरेका कुखुरा बरामद गरेको हो ।

अपरान्ह १ बजे माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगर नेपाल–भारत सिमा क्षेत्रबाट सिमावर्ती भारतिय बजारबाट नेपाल भित्राउँदै गरेको झण्डै ८० हजार मुल्य बराबरको सड्ने अवस्थामा रहेको पंकज माछा र मरेका कुखुरा बरामद गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले जानकारी दिए

भण्डारीको कमाण्डमा गएको गस्ती टोलीले सुन्दरनगर क्षेत्रमा भारतबाट अबैधरुपमा ल्याउदै गरेको माछा र कुखुरा बरामद गरेको हो ।

गस्ती टोलीलाई देखेपछि तस्करहरुको टोली माछा र कुखुरा छाडेर भागेको भण्डारीले बताए ।

बरामद अबैध समानलाई माहाकाली नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष पुष्कर जोशी, माहाकाली नगरपालिका पशु शाखाका प्रमुख कृष्ण सिंह साँउद, स्थानिय, पत्रकारको रोहवरमा बरामद माछा तथा कुखुरालाई नष्ट गरिएको छ् ।

माहाकाली नगरपालिका पशु शाखाका प्रमुख कृष्ण सिंह साँउदका अनुसार बरामद गरिएको सडेगलेका माछा र मरेका कुखुरा रहेको बताएका छन् ।

सिमावर्ती भारतिय बजार देखी विभिन्न व्यवसायी समान तस्करी गरेर नेपाल ल्याईरहेको अवस्था माहाकाली नगरपालिका स्थित रहेको सशस्त्र प्रहरीले बरामद गर्न थालेपछि तस्करको योजना तुहिदै आएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here