कोरोना बीमा गराउनु भयो ? यस्तो छ बीमासम्बन्धी नयाँ मापदण्ड

काठमाडौं, २२ साउन । देशभर फेरि कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेको छ । कोरोनाभाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न बीमा समितिले कोरोना बीमाको नयाँ मापदण्ड लागू गरेको छ ।

अर्थमन्त्रालयको निर्देशन तथा सहमतिमा समितिले कोरोना बीमा सम्बन्धी मापदण्ड बनाई लागू गरेको छ । हाल देशका २० वटा निर्जीवन बीमा कम्पनीले कोरोना बीमा को काम गर्ने गरेका छन् ।

कोरोना बीमा लेखअन्तर्गत एक लाख रुपियाँ र ५० हजार रुपियाँ गरी दुई प्रकारको बीमाङ्क कायम गरिएको समितिले जनाएको छ ।

एक लाख रुपियाँ बीमाङ्क कायम भएको बीमा लेखका लागि प्रतिव्यक्ति एक हजार र ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति पाँच सय रुपियाँ बीमा शुल्क कायम गरिएको समितिले जनाएको छ ।

यदि सगोलमा बसेको परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बीमा गरिएको खण्डमा एक लाखको बीमाङ्कका लागि प्रतिव्यक्ति ६ सय र ५० हजार हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति तीन सय बीमाशुल्क कायम गरिएको छ ।

बीमालेख खरिद गर्नका लागि आवश्यक न्यूनतम सर्तहरु

– नेपाली लागरिक हुनुपर्ने ।

– कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात ।

– सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको

– स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात

– एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात ।

बीमा लेख खरिद गर्नका लागि बीमित नेपाली नागरिक हुनुपर्ने, कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने न्यूनतम सर्त तोकिएको छ ।

त्यस्तै, कोरोना बीमा दावि भुक्तानीका लागि कोरोना बीमालेख खरिद गरेको १५ दिन पश्चात् र नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सो कार्यका लागि बीमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको ७ दिन भित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्नेछ । यदि दाबी भुक्तानी नहुदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नु पर्नेछ ।

सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्य उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात तथा एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने समितिले जनाएको छ ।

यो पनि पढ्नुसः

जीवन बीमा कम्पनी: लकडाउनमा कुनले कति आर्जन गरे बीमा शुल्क ?

कोरोना बीमा गर्नेको लहर, २ करोड ८७ लाख प्रिमियम संकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here