नेप्से परिसूचक १.२९ अंकले घट्यो, तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, २२ साउन । साताको अन्तिम दिन नेप्से परिसूचक १.२९ अंकले घटेर बन्द भएको छ ।

बुधबार २१.६१ अंकले घटेर १३८२.२५ विन्दुमा आइपुगेको नेप्से विहिबार भने १३८१.३७ विन्दुमा आएर केही सम्हालिएको हो ।

त्यसैदिन बजारमा १ सय ८६ कम्पनीको २३ लाख ४१ हजार कित्ता सेयर ९२ करोड ९ लाख ९७ हजार रुपैयाँमा किनबेच भयो ।

नेप्से घटेको दिन गुराँस लघुवित्त, अजोड इन्स्यारेन्स र नेपाल फाइनान्सको मूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो ।

गुमाउनेमा महिला सहायता माइक्रोफाइनान्सको मूल्य सर्वाधिक ६ प्रतिशत गुमाए ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २ हजार ३७० पटकको कारोबारमा ११ करोड ७८ लाख ५१ हजार रुपैयाँ बराबरको २ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here