सार्क राष्ट्रमा कोरोनाको प्रभावः कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

काठमाडौं, २३ साउन । कोरोना भाइरस (कोभिड-१९) बाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन( सार्क) क्षेत्रमा ५२ हजार ३ सय ८९ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमण सबैभन्दा धेरै भारतमा भएको छ । भारतमा शुक्रबार बिहानसम्म २० लाख २७ हजार ७४ जनालाई कोरोना संक्रमण भएको छ भने ४१ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ। १३ लाख ७८ हजार भन्दा धेरैले कोरोना जितेर घर फर्किएका छन् ।

सार्क क्षेत्रमै भारत धेरै कोरोना संक्रमित र मुत्यु भएको देश हो। भने विश्वमा तेस्रो स्थानमा रहेको छ । पाकिस्तानमा २ लाख ८२ हजार ६ सय ४५ जनामा कोरोना संक्रमण भएको छ भने ६ हजार ५२ जनाको मृत्यु भएको छ। २ लाख ५६ हजार ५८ जना संक्रमण मुक्त भएका छन् ।

भुटानमा १ सय ५ जनालाई कोरोना देखिएको छ। मृत्यु भने कसैको भएको छैन। ९३ जना संक्रमण मुक्त भएका छन् । श्रीलंकामा अहिलेसम्म २८ हजार ३९ जनालाई कोरोना संक्रमण भएको छ भने ११ जनाको मृत्यु भएको छ। २ हजार ५ सय ४१ जना संक्रमण मुक्त भएका छन् ।

बंगलादेशमा २ लाख ४९ हजार ६ सय ५१ जनालाई कोरोना संक्रमण भएको छ भने ३ हजार ३ सय ६ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ४३ हजार ८ सय २४ छ।

अफगानिस्तानमा ३६ हजार ८ सय ९६ जनालाई कोरोना संक्रमण भएको छ भने १२ सय ९८ जनाको मृत्यु भएको छ। २५ हजार ८ सय ४० जना संक्रमण मुक्त भएका छन् ।

माल्दिभ्समा ४ हजार ६ सय ८० रहेको छ। मृत्यु हुनेको संख्या १९ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ७ सय २५ पुगेको छ ।

नेपालमा नेपालमा २१ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १५ हजार ३ सय ८१ जना संक्रमणमुक्त भएका छन् भने ६५ जनाको मृत्यु भएको छ।

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ करोड ९२ लाख ६० हजार १ सय ८८ पुगेको छ त्यसमध्ये १ करोड २३ लाख ६० हजार ४ सय २४ जना संक्रमण मुक्त भएको छ । मृत्यु हुनेको संख्या ७ लाख १७ हजार ७ सय ४ पुगेको छ ।

यो पनि

कोरोना संक्रमितको संख्या एक करोड ९० लाख नाघ्यो

सेना,प्रहरी र चिकित्सक सहित थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना बीमा: कुन कम्पनीको कति गरे दाबी भुक्तानी, धेरै भुक्तानी गर्ने युनाइटेड जनरल

पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

प्रचण्ड निवासको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

कोरोना बीमा गराउनु भयो ? यस्तो छ बीमासम्बन्धी नयाँ मापदण्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here