काठमाडौं, २३ साउन । नेपाली बजारमा सुन र चाँदीको भाउमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ भने चाँदीमा ६० रुपैयाँ तोलामा बढेको छ ।
शुक्रबारको लागि छापावाल सुनको मूल्य एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । तेजावी सुन एक लाख ३ हजार रुपैयाँ तथा चाँदी १ हजार ४ सय ५ रुपैयाँ तोकेको छ ।
यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।
शुक्रबारका लागि तोकिएको सुनको खरिद बिक्री मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।