बुद्धद्वारा एटीआर-७२ मार्फत सिमरा उडान परीक्षण, टिकट खरिदमा आकर्षक डिस्काउण्ट

फाइलफोटो

काठमाडौं, २३ साउन । बुद्ध एयरले सिमरा विमानस्थलमा एटीआर-७२, ५०० सिरिज जहाजमार्फत परीक्षण उडान गरेको छ ।

काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार बुद्धको जहाजले दक्षिण र उत्तर गरी दुवै तर्फबाट उडान तथा अवतरण गरेको हो ।

कम्पनीले जनाएअनुसार जहाजको परीक्षण उडान नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको छ ।

यसअघि बुद्धका एटीआर ४२-३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेको थियो ।

चैत ११ अघि दैनिक ७-९ वटा सेड्युलबाट नियमित उडान गर्दै आएको बुद्ध भदौ १ देखि हुने उडानका लागि ७२ सिटे एटीआर ७२ ले उडान भर्ने योजना बनाएको छ ।

नेपालकै सबैभन्दा पुरानो सिमरा विमानस्थलको लम्बाइ ११९० मिटर छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैं भिड हुने गर्छ । बुद्ध एयरसँग ८ वटा एटीआर-७२, तीनवटा एटीआर-४२ र २ वटा बीच १९०० ‘डी’ जहाज छन् ।

भदौ १ बाट हुने उडानका लागि बुद्ध एयरले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको छ । यात्रुको दोहरो तापक्रम चेकजाँच, ह्‍यान्ड स्यानिटाइजर, फेसमास्क र फेससिल्डको अनिवार्य प्रयोग लागु गरेको छ । यस्तै प्रत्येक उडानपछि जहाज, लगेज ट्रलीको संक्रमणरहित सरसफाइ गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्

बुद्ध एयरको आकर्षक होलिडे प्याकेज सार्वजनिक

बुद्ध एयरको जहाजभित्र शौचालय प्रयोग गर्न नपाइने

बुद्ध एयरले सिमारामा थप्यो र्‍याम्प सुविधा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here