१५ दिन अत्यावश्यक बाहेकका कार्यालय बन्द, स्वास्थ्य सुरक्षामा कडाइ

काठमाडौं, २३ साउन । काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम कम गर्नका लागि १५ दिनका अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने भएको छ ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले कोरोना संक्रमण बढेको भन्दै आइतबारदेखि लागु हुनेगरी बन्द गर्ने निर्णय गरेका हुन् ।

शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकबाट उक्त निर्णय भएको स्रोतले जनाएको छ ।

उक्त अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुनेछ । जिल्ला प्रशासन कार्यलयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुनेछ ।

बैंठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइको साथ पालना गराउने र स्थानीय तहहरुलाई कोरोना महामारीबाट बच्नको लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय पनि भएको जनाइएको छ । पछिल्लो समय उपत्यकाभित्र संक्रमितको सङ्ख्या थपिदै गएपछि यस्तो निर्णय गरिएको हो।

काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेपछि यस्तो सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।

अहिलेसम्म काठमाडौं उपत्यकाभित्र ६ सय ७४ जना संक्रमित भइसकेका छन्। जसमा ४ सय ७२ जना काठमाडौं, १ सय २४ जना ललितपुर र ७८ जना भक्तपुरका रहेका छन्।

त्यस्तै भिडभाड र सार्वजनिक ठाउँमा जाँदा मास्क नलगाउनेलाई थप कडाईका साथ कारबाही गर्न निर्देशन दिने समेत निर्णय भएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here