सेञ्चुरी बैँकद्वारा थ्री डी सेक्यूर भिसा डेबिट क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ

काठमाडौं, २३ साउन । आफ्ना ग्राहकहरुको लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैँक लिमिटेडद्वारा इजलेन्ट टेक्नोलोजी इन्डियासंगको सहकार्यमा थ्री डी सक्कयूर सेवा प्रारम्भ गरेको हो ।

सो सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डहरूबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ ।

थ्री डी सेक्यूर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वन टाइम पासवर्ड आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । थ्री डी सेक्यूर सेवामा कार्ड र वन टाइम पासवर्ड दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।

अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।

यो पनि ।

सेञ्चुरी बैंकद्धारा कलाकर्मीलाई सहयोग
सेञ्चुरी बैंकका ग्राहक र शेयरधनीलाई ब्लु क्रसमा सहुलियत

सेञ्चुरी बैंकले साँढे ४ प्रतिशत नगद र २ प्रतिशत सेयर बाेनश दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here