अपाचे आरटीआर १६० दराजमार्फत सार्वजनिक, पहिलो साता १४ हजार छुट

काठमाडौं, २३ साउन । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० फोरभी सिंगल डिस्क संस्करण दराज एप मार्फत सार्वजनिक गरेको छ ।

कम्पनीले यसै साता सो बाइक सार्वजनिक गरेको हो । कम्पनीले यसअघि डबल डिस्कमा मात्रै बिक्री गर्दै आएको सो बाइक अब सिंगल डिस्कमा पनि उपलब्ध हुने छ ।

आरटीआर १६० फोरभीमा डबल डिस्क जस्तै सम्पूर्ण फिचरहरु उपलब्ध रहेको छ । सिंगल डिस्कमा पछाडि चक्कामा भने ड्रम ब्रेक दिइएको छ ।

‘हामीले दराजको महा बचत योजनामा आरटीआर १६० फोरभीको सिंगल डिस्क भेरियन्ट सार्वजनिक गरेका छौं । अहिले कोभिड १९ को कारण सामाजिक दुरी कायम गर्दै अगाडि बढ्नु पर्ने भएकाले यसलाई डिजिटल प्ल्याटफर्मबाट सार्वजनिक गरेका हौं,’ जगदम्बा माटर्सका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले भने ।

दराजबाट सो मोटरसाइकल किन्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने छन् । दराजमा यो योजना ७ दिनको लागि रहने छ ।

कम्पनीले साउन ८ गते सार्वजनिक गरेको नयाँ मूल्य सूचीमा नै आरटीआर १६० फोर भी सिंगल डिस्क भेरियन्टको मूल्य सार्वजनिक गरेको थियो । कम्पनीले यसको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकेको छ ।

दराज एप मार्फत सो बाइक खरिद गर्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने छन् । मोटरसाइकलको छुट पछिको मूल्य २ लाख ५८ हजार ९०० रुपैयाँ हुने छ । तर, यसको आधिकारीक मूल्य भने २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको छ ।

आरटीआर १६० ४भीमा पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here