भारतमा विमान दुर्घटना, दुई पाइलटसहित १७ को मृत्यु

काठमाडौं, २४ साउन । भारतको केरलामा विमान दुर्घटना हुँदा पाइलटसहित १७ जनाको ज्यान गएको छ ।

दुबईबाट आएको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर गएपछि दुर्घटना भएको हो ।

विमानमा चालक दलका सदस्यसमेत १९० जना थिए। यात्रुमध्ये १० बच्चा पनि थिए।

विमानमा कोरोना संक्रमणका कारण जागिर गुमाएका, भिसा अवधि सकिएका, घुम्न गएर दुबईमै अड्किएकालगायत फर्किएका थिए ।

विमानमा रहेकामध्ये १ सय ६० जना घाइते भएका छन् । उनीहरुलाई विभिन्न अस्पताल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here