उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बन्द, के-के खुल्छ ?

काठमाडौं, २५ साउन । उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि आइतबारदेखि दुई हप्ताको लागि जिल्ला प्रशासनबाट प्रवाह हुँदै आएका केही सेवा स्थगित भएको छ ।

उपत्यकका जिल्ला प्रशासन कार्यालयले मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गर्नको लागि दुई हप्ताको लागि अत्यावश्यक बाहेकका कार्यालय बन्द हु्न गरेको हो ।

एसएमएस विधि पूर्णरुपमा लागू गरेर कार्यालय सञ्चालन गर्दापनि सेवाग्रहीको भिड बढेको कारण बन्द गर्न लागिएको विज्ञप्ति जनाइएको छ ।

शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो ।

तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले साउन २५ गते देखि भदौ ८ गतेसम्म कार्यालयबाट नियमित गरिने सेवा बाहेक सेवा स्थगित गरिएको हो।

बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

साथै बजारको अनुगमनलाई तीव्र बनाउनुका साथै समाजिक दुरी र सुरक्षाका उपाय नपनाउनेहरुलाई कारवाही गर्ने पनि निर्णय गरेको छ ।

नियमित सञ्चालन रहेन सेवा

अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने भएपनि उक्त समयमा शान्ति सुरक्षा सम्बन्धि सेवा खुल्ला रहने छ ।

– ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा ।

– मुद्धा सम्बन्धी कार्य ।

– आवश्यक कामको लागि सवारी पास ।

– विपद् व्यवस्थापन सम्बन्धी कार्य ख्ल्ला हुनेछ ।

बन्दहुने सेवाहरु

– नयाँ नेपाली नागरिकता/नागरिताको प्रतिलिपी वितरण

– हतियार दर्ता नविकरण

– संघसंस्था दर्ता/पत्रपत्रिका दर्ताका साथै नवीकरण

– निजी सुरक्षा कम्पनी नविकरण

– राहादानी वितरण

– नावालिक परिचयपत्र वितरण

– अन्य अवश्यक नभएका सेवाहरु

अत्यावश्यक सेवाको लागि प्रशासन प्रवेश गर्ने व्यक्तिले सरकारले तोकेको स्वस्थ्य मापदण्ड पूरा गर्नुपर्नेछ । काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here