गौतमबुद्ध विमानस्थलको मुआब्जा बाँड्न ३ अर्ब १६ करोड

काठमाडौं, २५ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालू आर्थिक वर्ष २०७७/७८ का लागि ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको चालू आवको बजेट तथा नीति कार्यक्रममा निर्माणाधिन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकता दिइएको छ ।

विमानस्थल पूर्वाधारतर्फ प्राधिकरणले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि विभिन्न शिर्षकमा ६ अर्ब ४५ करोड तथा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि ११ अर्ब बजेट छुट्याएको छ ।

विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुअव्जा वितरणका लागि २ अर्ब १६ करोड ८३ लाख बजेट छुट्याएको छ ।

यसैगरी धावनमार्ग तथा टर्मिनल भवन निर्माणका लागि ३ अर्ब २८ करोड ३ लाख, विमानस्थल सञ्चालनका लागि आवश्यक यन्त्र तथा उपकरण खरिद/जडानका लागि ६० करोड र फायर भेईकल खरीदका लागि ४१ करोड १० लाख बजेट छुट्याएको क्यानले जनाएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको विमानस्थल निर्माणमा बन्दाबन्दीका कारण केही सु्स्तता आएतापनि निर्माण कार्यमा रुकावट नभएको जनाईएको छ । ९१ प्रतिशत निर्माण सम्पन्न भएको उक्त विमानस्थलको भैतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भई फिनिसिङको कार्य अधिकासं सम्पन्न भएको छ ।

क्यानका अनुसार विमानस्थलमा जडान गर्नुपर्ने रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उडड्यन सहाय उपकरण, ब्यागेज ह्याण्डलिंग सिष्टम, एक्सरे आदि यन्त्र उपकरण अधिकांश आइसकेको छ । उपकरण जडान गर्न बाँकी रहेको छ ।

सम्झौता अबधिभन्दा ६ महिना अघि नै निर्माण सम्पन्न हुने भन्दै निर्माण गरिएको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल सम्झौता अबधिमा सकिने क्यानले अनुमान गरेको छ ।

प्राधिकरणले हाल निर्माणाधीन ३ अन्तराष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा बाँड्न मात्रै ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

गौतमबुद्ध विमानस्थलको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जाका लागि प्राधिकरणले ३ अर्ब १६ करोड ८३ लाख विनियोजन गरेको छ ।

त्यस्तै पोखरा विमानस्थलको लागि गरिएको जग्गा अधिग्रहणलाई ७८ करोड विनियोजन गरिएको छ । निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणलाई २० करोड व्यवस्था गरिएको छ । यो विमानस्थलको गुरुयोजना तयार गर्ने जनाइएको छ

निर्माणको कार्य नरोकिएपनि बन्दाबन्दीका कारण सुस्तता आएको भन्दै ६ महिना अघि सम्पन्न नहुने अुनमान गरेको हा ।

जग्गा अधिग्रहण र मुअव्जा वितरणका लागि ७८ करोड र विमानस्थल निर्माण भवन तथा धावनमार्ग समेतका लागि १० अर्ब २५ करोड बजेट छुट्टाएको छ ।

६१ प्रतिशत निर्माण सम्पन्न उक्त विमानस्थ निर्माणमा अधिकांश चिनिया प्राविधिक चीनमा रोकिदा बिमानस्थल निर्माणमा सुस्तता आएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here