भ्याटमा दर्ता हुने करदाता २१.१२ प्रतिशतले वृद्धि, व्यक्तिगत प्यान लिने एक वर्षमै दोब्बर

काठमाडौं, २५ साउन । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता २ लाख ५५ हजार ९ सय ६३ पुगेका छन्।

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा अभिवृद्धि कर भ्याटमा ४४ हजार ६ सय ३८ करदाता थपिएका छन् । यो अघिल्लो वर्षको तुलनामा २१.१२ प्रतिशतले बढी हो ।

त्यस्तै अन्त: शुल्कमा दर्ता हुने करदाताको संख्या ९४ हजार २ सय ९२ पगुेको छ।

गत आर्थिक वर्षमा महिनासम्ममा २० हजार ३ सय ६४ करदाता थपिएको अर्थ मन्त्रालयले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा २७. ५४ प्रतिशतले करदात संख्या वृद्धि भएको हो ।

गत आर्थिक बर्षको अन्त्यसम्म ३३ लाख ३७ हजार ४ सय ९२ जनाले प्यान नम्बर लिएका छन् । यो गत वर्षको संख्याभन्दा १६.६७ प्रतिशतले धेरै हो।

गत आर्थिक वर्ष मात्रै ११ लाख ८१ हजार २ सय जनाले प्यान लिएका छन् ।

त्यसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या एक लाख ९४ हजार १९२ छन् भने व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ९ लाख ८२ हजार ६ सय ३९ छन् । एकै वर्षमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या करिब शतप्रतिशतले बढेको छ ।

आर्थिक वर्ष ०७५/७६ मा यस्तो नम्बर ९ लाख ९० हजार ८ सय १३ जनाले लिएका थिए । व्यक्तिगत प्यान लिनेको संख्या १९ लाख ७३ हजाार ७ सय ५२ पुगेको छ । यस्तै करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको संख्या ४ हजार ३ सय ६९ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here