नेप्से परिसूचक ११.३० अंकले बढ्यो, होटलबाहेक सबै समूह हरियाली

काठमाडौं, २५ साउन । साताको अन्तिम दिन नेप्से परिसूचक १.२९ अंकले घटेर बन्द सेयर बजारले आइतबार भने गति लिएको छ । साताको पहिलोदिन बजार हरियाली भएर बन्द भएको छ ।

आइतबार नेप्से परिसूचक ११.३० अंकले बढेर १३९२.६८ बिन्दुमा पुगेको छ । यसदिन १८७ कम्पनीको ९१ करोड १६ लाख ४० हजार ७४० रुपैयाँ बराबरको कारोबार भएको छ । ३० लाख ३० हजार ३१३ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ११ समूहको परिसूचक उकालो लागेको छ भने १ समूहको परिसूचक घटेको छ । आइतबारको बजारमा हालै नेप्सेमा सूचीकृत भएका दुई नयाँ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

अजोड इन्स्योरेन्स र साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.८८ र ९.८२ प्रतिशतले बढेर सर्किट लागेको हो । यी दुईको सेयर मूल्य क्रमशः प्रतिकित्ता ४ सय ६७ र ४ सय ३६ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here