‘वर्क फ्रम होम’को व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २५ साउन । बैंक तथा वित्तीय संस्थालाई जोखिम न्यूनिकरण गरि कामकारबाही सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै कोरोना महामारीकाबीच सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थामा आवश्यक्ता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने ब्यवस्था मिलाउन निर्देशन दिएको हो ।

‘सरकारले विभिन्न स्थानमा लागू गरेको बन्दाबन्दी कायमै रहेको र कतिपय ठाउँमा निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवगमनमा जोर बिजोर प्रणाली लगायत भएकाले ‘वर्क फ्रम होम’ व्यवस्था मिलाइ काम गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले कोभिड १९ को बढ्दो प्रभावलाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नसमेत निर्देशन दिएको छ । सेवा सुरु नगरिएका शाखाको विवरण भने दैनिक रुपमा राष्ट्र बैंकमा रिपोटिङ गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रदेशस्थित शाखा कार्यालयहरुको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासन मार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयहरुसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरुको सेवा सुचारु गर्न निर्देशन दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here