कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, १ करोड २८ लाख संक्रमण मुक्त

फाइलफोटो

काठमाडौं, २६ साउन । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड नाघेको छ ।

एकै दिन २ लाख १९ हजार ३५३ जना संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १६ हजार ३२६ पुगेको हो ।

पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७८३ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ५९२ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

१ करोड २८ लाख ९२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार १३९ जनाको मृत्यु भएको छ । ३० लाख ३५ हजार ९९७ जना संक्रमित भएकोमा १८ लाख २४ हजार ५७१ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here