महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थप तीन प्रहरीमा कोरोना पुष्टि

काठमाडौं, २६ साउन । महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रहरी स्रोतका अनुसार आइतवार कार्यालयमा नै कार्यरत प्रहरीका कपाल काट्ने नाईमा संक्रमण देखिए लगत्तै उनको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङको क्रममा थप तीन जनामा कोरोना पुष्टी भएको हो।

अहिले कार्यालयमा उनीहरुको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षण गर्ने तयारी भइरहेको छ। केही प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here