घट्यो सुन,चाँदीको मूल्य

काठमाडौं, २६ साउन । नेपाली बजारमा सुन चाँदीको भाउ ओरोलो लागेको छ । अघिल्लोदिनको तुलनामा सुन तोलाको प्रतितोला दुईसय रुपैयाँ र चाँदी १५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार एक लाख दुई हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आइतबार प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी तोलाको १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here