नेप्से परिसूचक ३७.७४ अंकले बढ्यो, १ अर्ब ५५ करोडको कारोबार

काठमाडौं, २६ साउन । साताको पहिलो दिन आइतबार ११.३० अंकले बढेर बन्द भएको सेयर बजारमा सोमबार उच्च अंकको वृद्धि देखिएको छ ।

सोमबार सेयर बजार मापक सूचक नेप्से ३७.७४ अंकले बढेर १४३०.४१ बिन्दुमा पुगेको छ ।

यसदिन १८९ कम्पनीको १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ रुपैयाँ बराबरको कारोबार भएको छ । ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेको छ ।

दुई वटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अजोड इन्स्योरेन्स र साधना लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५. ७० प्रतिशतले घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २८३.०८ अंकले बढेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here