गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

काठमाडौं, २६ साउन । गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।

प्रहरीको अनुसार हत्या गरिएका पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो । प्रहरीको अनुसार शवको विस्तृत जानाकारी आउन बाँकी नै रहेको छ ।

हिजो गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र झोलामा टाउको फेला परेको थियो । उक्त शवको पहिचान नभएपछि पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ प्रहरीले तस्वीर सार्वजनिक गरिएको थियो ।

शव भेटिएको ठाउँ र त्यस आसपासका सडक, गल्लीका सिसिटिभी फुटेजको अनुसन्धान गरिरहेको छ । तर, रातको समय हुनाले सिसिटिभी फुटेजबाट हालसम्म कुनै क्लू प्रहरीले पाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here