एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओ बाँडफाँड

काठमाडौं, २७ साउन । गैरआवासीय नेपालीहरुद्धारा प्रवद्रधित एनआरएन इन्फास्टट्रक्चर एण्ड डेभलेपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।

बिक्रि प्रबन्धक सानिमा क्यापिटलले मंगलबार बिहान आईपिओ बाँडफाँड गरेको हो । कम्पनीले साउन १६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ६० हजार ४६ कित्ता साधारण सेयर आईपीओ बिक्री खुला गरेको थियो ।

त्यसमा ५ प्रतिशत अर्थात् एक लाख ६५ हजार ५०२ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ६७ हजार ९६१ कित्ता कर्मचारीको लागि सुरक्षित गरेको थियो ।

कम्पनीको आईपीओमा कुल ४ लाख १८ हजार ९१८ आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९६० वटा आवेदन रद्द भएको थियो भने ४ लाख १७ हजार ९५८ आवेदन सदर भएको थियो ।

कम्पनीको आइपीओमा आवेदन गर्ने ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका छन् भने ९७ हजार ३४४ जना आवेदकले खालीहात भएका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here