मानुषी लघुवित्तको विक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैकिङ

काठमाडौं २७, साउन । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर निष्काशन (आईपीओ)को जिम्मा नेपाल एसबीआई मर्चेण्ट बैकिङले पाएको छ ।

यो विषयमा मंगलबार मानुषी लघुवित्त र एसबीआई मर्चेण्टबीच सम्झौता भएको छ ।

सम्झौतामा नेपाल एसबिआई मर्चेण्टको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले हस्ताक्षर गरेकी हुन ।

अब उक्त कम्पनीको सेयर निष्काशन तथा विक्री प्रवन्धकको काम एसबीआई मर्चेण्टले गर्नेछ ।

कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

मानुषी लघुुवित्तको मुख्य कार्यालय बनेपामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here