काठमाडौं, २८ साउन । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ५४ हजार सात सय २७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई करोड पाँच लाख २ सय ९७ पुगेको हो ।
संक्रमित १ करोड ३४ लाख २४ हजार १७९ जनाले कोरोनालाई जितेका छन् । संक्रमणबाट ७ लाख ४४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ६३ लाख ३३ हजार ४३१ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६४ हजार ४३१ जनाको अवस्था गम्भीर छ ।
पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार दुई सय ५२ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरमा उल्लेख छ।
भारतपछि ब्राजिल र अमेरिकामा धेरै संक्रमित देखिएका छन्। यस अवधिमा ब्राजिलमा झण्डै ५५ हजार र अमेरिकामा ५२ हजार पाँच सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।
भारतमा संक्रमितको संख्या २३ लाख २८ हजार नाघेको छ भने ४६ हजार एक सय ८८ जनाले ज्यान गुमाएका छन्। यो बुधबार बिहान ६ बजेसम्मको तथ्यांक हो।
पछिल्लो २४ घण्टामा भारतमा आठ सय ३५ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा सबैभन्दा धेरै अमेरिकामा १३ सय ७९, ब्राजिलमा १२ सय ४२, मेक्सिकोमा सात सय पाँच, कोलम्बियामा तीन सय २१, अर्जेन्टिनामा दुई सय ४० जनामा संक्रमण पुष्टि भएको छ।

























