समाज लघुवित्त र रिलायन्स लाइफले भदौ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं, २८ साउन । रिलायन्स लाइफ इन्स्योरेन्सले र समाज लघुवित्तले भदौ ४ गतेबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

रिलायन्स ६३ करोड रुपैयाँ बराबरको प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । सामाज लघुवित्तले ८६ लाख रुपैयाँबराबरको ८६ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

रिलायन्स कम्पनीले गत साउन १६ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको थियो ।

कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।

आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ ।

समाज लघुवित्तको जसमध्ये कम्पनीले एक हजार कित्ता कर्मचारीको लागि छुट्याएको छ । चार हजार ३०० कित्ता सामूहिक लगानी कोष लागि छुट्याएको छ । बाँकी रहेको ८० हजार ७०० कित्तामा भने सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा सर्वसाधारणले भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन भने उक्त समयमा पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदनदिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि(आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयको साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here