सुनको भाउ एकै दिन ६ हजार घट्यो

काठमाडौं, २८ साउन । नेपाली बजारमा सु्नको भाउमा एकै दिन भारी मूल्यको गिरावट आएको छ ।

केहि निरन्तर बढेर, आइतबारदेखि घटिरहेको सुनको भाउ मंगलबारको तुलनामा तोलामै ६ हजार रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार एक लाख १६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सयमा पुगेको हो। सुनको मूल्य बढेर एक लाख साढे तीन हजारसम्म पुगेको थियो।

आज चाँदीको मूल्य पनि घटेर १२ सय १० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन १४ सय ३५ रुपैयाँमा कारोबार भएको सुन एकैदिन २ सय २५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ। यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here