झिनो अंकले बढ्यो नेप्से, ९५ करोड १९ लाखको कारोबार

काठमाडौं, २८ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले उकालो लागेको छ ।

मंगलबार ६.६१ अंकले घटेर कारोबार बन्द भएको नेप्से बुधबार १.५१ अंकले बढेर १४२५.३२ विन्दुमा कायम भएको हो ।

यसदिन १८८ कम्पनीको ३० लाख ३२ हजार ३ सय ११ कित्ता सेयर ९५ करोड १९ लाख ६० हजार २ सय ८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा युनाइटेड इन्स्यारेन्रेन्सको सेयर सर्वाधिक ६ करोड २० लाख ७३ हजारको कारोबार भएको छ ।

यस्तै नेपाल पुनर्बिमा कम्पनीको ६ करोड ३ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो । यस्तै नेपाल लाइफ इन्स्यारेन्स, एनआइसी एशिया बैंक र अजोड इन्स्यारेन्स धेरै कारोबार हुने शीर्ष ५ कम्पनीमा अटाएका छन् ।

गत साता नेप्सेमा सीचीकृत भएर कारोबार सुरु भएको साधना लघुवित्तको सेयर मुल्यमा पनि पोजेटिभ सर्किट लागेको छ । घलेम्दी हइड्रोको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ । यस्तै आइएमई जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र नेपाल बंगलादेश बैंकका लगानीकर्ता सर्वाधिक कमाउने शीर्ष ५ कम्पनीमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here